काठमाडौं– पछिल्लो २४ घन्टामा थप १ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
शुक्रबार डिस्चार्ज भएकासहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ उपचारपछि निको भएका छन्।
भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरि ६ जिल्लामा संक्रमित शून्य भएका छन्।
पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
हाल १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ५ हजार ३ सय १६ जना रहेका छन्। हालसम्म नेपालमा ५६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १–८३१
प्रदेश २ –३१०१
बागमती प्रदेश – ५२६
गण्डकी प्रदेश – १२४४
प्रदेश ५– ३९७१
कर्णाली प्रदेशमा –१७१८
सुदूरपश्चिम प्रदेश – ३००८