काठमाडौं - देशका विभिन्न अस्पतालमा गरी २४ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ वटा प्रदेशमा २४ जना आइसियुमा उपचाररत छन्।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १५ जना संक्रमित आइसियुमा छन्। त्यसपछि प्रदेश २ मा ५ जना आइसियुमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ र कर्णाली प्रदेशमा २/२ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।
प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने संक्रमित आइसोलेसनमा छैनन्।
पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा कोरोनाको लक्षण देखिन थालेको छ। संक्रमितमा लक्षण देखिनु समस्या र संक्रमित दुवै बढ्ने संकेत रहेको विज्ञहरु बताउँछन्।
कोरोना संक्रमित मृतकको संख्या हालसम्म ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ। जसमध्ये ५ हजार बढी सक्रिय संक्रमित छन्।