समाचार

एक महिनापछि बल्ल भयो एक दिनमा १० हजार जनाको पिसिआर परीक्षण

काठमाडौं- नेपाल शुक्रबार १० हजार ७६८ जनाको पिसिआर परीक्षण भएको छ। जसमध्ये २२४ जनालाई कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको पिसिआर परीक्षण हुने बताएका थिए। त्यसको एक महिनापछि पहिलो पटक साउन १६ गते १० व्यक्तिको पिसिआर परीक्षण गरिएको छ।

असार १५ गतेपछि नेपालमा पिसिआर परीक्षणको दायरा घट्दै गएको थियो। 

साउन ७ गते लकडाउन हटाइएपछि संक्रमितको संख्या पनि बढेको छ। संक्रमितको संख्या बढेपछि  मन्त्रालयले पिसिआर परीक्षण बढाएको हो। 

देशभरका २९ वटा प्रयोगशालामा साउन १६ गते १०हजार ७६८ जनाको कोरोना परीक्षण गरिएको थियो।

हालसम्म देशभर कूल संक्रमितकोे संख्या १९ हजार ७७१ पुगेको छ। 

हालसम्म निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ। शुक्रबार १५१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने