काठमाडौं – त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालमा दुरविनको माध्यमबाट पाठेघर निकाल्न (डे केयर हिस्टेरेक्टोमी) शल्यक्रिया सफल भएको छ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा रंगिना लाइकगबमले अस्पतालमा डे केयर हिस्टेरेक्टोमीको शल्यक्रिया सम्पन्न गरेकी हुन्।
डे केएर हिस्टेरेक्टोमी प्रविधिबाट शल्यक्रिया गर्दा दुरबिनको माध्यमबाट पाठेघर झिकी सकेपछि ६ देखि ८ घण्टामा हिँडेर नै बिरामी घर फर्कन सक्ने डा लाईकगबम बताउँछिन्।
अन्य देशमा यो सुविधा रहेपनि नेपालमा भने डा रंगिनाले नै पहिलोपटक सुरु गरेको अस्पतालको दाबी छ।
अत्याधुनिक प्रबिधिलाई विस्तार गरीे उपचारमा लाग्ने समयलाई न्युनीकरण गर्न अस्पतालले डे केयर हिस्टेरेक्टोमी प्रविधि भित्र्याएको अस्पतालले जनाएको छ।