समाचार

सांसद प्रदीप यादवलाई काेराेना संक्रमण

काठमाडाैं- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई काेराेना पाेजेटिभ देखिएकाे छ। संसद अधिवेशन अन्त भएपछि वीरगञ्ज पुगेका यादव संक्रमित भएका हुन्।

आफूलाई काेराेना पाेजेटिभ भएपछि यादवलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे जानकारी गराएका हुन्। उनले भनेका छन्, 'मैले आफ्नो पिसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसुलेट गरेर अहिले आराममा छु।'

सांसद यादवले काेराेना नियन्त्रणका लागी सीमामा आवतजावतमा राेक लगाउन सरकारसँग माग गरेका छन्।

उनले लेखेका छन्, 'आदरणीय दाजुभाइ दिदिबहिनी! सम्मानीय प्रधानमन्त्रीज्यूलाई मैले पत्र प्रेषित गर्दै, वीरगञ्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै वीरगञ्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, विज्ञ टोली पठाउने, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न माग राखेको छु। उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ।' 

उनले स्वास्थ्यमन्त्रीसँग आफूले संवाद गरेकाे बताए। उनले सुरक्षित रुपमा बस्न, बिना मस्क घरबाट बाहिर ननिस्कन र सामाजिक दूरी कायम राख्न सबैमा आग्रह गर्दै आफू कोरोना मुक्त भएर जनाताको सेवामा चाडै फर्किने बताएका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने