काठमाडौं- वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज-१६ नगवाका ६८ वर्षीय महिलाको शनिबार मृत्यु भएको हो।
वीरगञ्जस्थित नारायणी कोभिड-१९ विशेष अस्पतालको आइसियूमा उपचारका क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।
अस्पताल भर्ना भएकी उनको शुक्रबार पिसिआर परीक्षणको पोजेटिभ रिपोर्ट आएको थियो। योसँगै वीरगञ्जमा हालसम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालमा हालसम्म ५७ संक्रमितको मृत्यु भएको छ।