काठमाडौ– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ७७ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ७७ लाख ६७ हजार ६ सय २२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४६ लाख १७ हजार ७सय २८ पुगेको छ। त्यस्तै ब्राजिलमा २७ लाख ७ हजार ८ सय ७७, भारतमा १६ लाख ९५ हजार ९ सय ८८ र रुसमा ८ लाख ४३ हजार ८ सय ९० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ८३ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ८३ हजार ९ सय ८८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५४ हजार ३ सय २०, ब्राजिलमा ९३ हजार ५ सय ६८, बेलायतमा ४६ हजार २ सय ७८ , मेक्सीकोमा ४६ हजार ६ सय ८८ , इटालीमा ३५ हजार १ सय ४६ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ४ लाख ८६ हजार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २० लाख ३७ हजार ९ सय ८२ , अमेरिकामा १४ लाख ६१ हजार ८ सय ८५, रुसमा ६ लाख ४५ हजार ३ सय १६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २० हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने ५६ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३६ हजार ५ सय ११ पुगेको छ। भारतमा हालसम्म १०लाख ९४ हजार ३ सय ७४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७८ हजार ३ सय ५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ४७ हजार १ सय ७७ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय १५ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ४ सय ३९ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ६० पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार १ सय ३२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ३६ हजार २ सय ५३ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ७ सय १० पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ८३ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ५ सय ९ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८९ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार ९ सय ४९ रहेको छ। मृत्यु हुनेको संख्या १७ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ६ सय १३ पुगेको छ ।