काठमाडौं- गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
तनहुँका २, स्याङजाका ८, लमजुङका ३, बाग्लुङका १ र कास्कीका ६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ भने १ हजार २ सय ४५ जना निको भइसकेका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार १ सय ६ पुगेको छ।
