काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ उपचारपछि निको भएका छन्।
भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।
पछिल्लो २४ घन्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
हाल १० हजार ९ सय ३४ जना हाल क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ५ हजार ६ सय ७२ जना रहेका छन्। हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– ८५८
प्रदेश २– ३१६४
बागमती प्रदेश– ५३४
गण्डकी प्रदेश– १३०६
प्रदेश ५– ३९७३
कर्णाली प्रदेश– १७२२
सुदूरपश्चिम प्रदेश– ३०४६