काठमाडौं: भारतका चर्चित अभिनेता अमिताभ बच्चन कोरोनाको उपचारपछि डिस्जार्च भएका छन्।
आइतबार बिहान गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्जार्च भएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टास लेख्दै उनले आफु डिस्जार्च भएको कुरा जानकारी गराएका छन्। आफु केहीसम्म कोठामै क्वारेन्टाइनमा बस्ने उनले स्टासमा उल्लेख गरेका छन् । अस्पतालको बसाईमा स्वास्थ्य लाभको काम गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।