काठमाडौं- थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)को उपनिर्देशकमा डा श्रीप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।
प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिष्ट डा अधिकारीलाई शुक्रबार अस्पतालको उपनिर्देशकमा नियुक्ती दिइएको हो। अस्पतालकी निर्देशक डा संगीता मिश्राले उनलाई उपनिर्देशक नियुक्तीको पत्र दिएकी हुन्।
डा अधिकारी यसअघि ८ वर्षसम्म चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत थिए।