काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ८० लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ८० लाख २ हजार ५ सय ६७ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४६ लाख ६५ हजार ९ सय ३२ पुगेको छ। त्यस्तै ब्राजिलमा २७ लाख ३३ हजार ६ सय ७७,
भारतमा १७ लाख ५० हजार ७ सय २३ र रुसमा ८ लाख ४९ हजार २ सय ७७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ८७ हजार ९ सय ३० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५४ हजार ८ सय ४१, ब्राजिलमा ९४ हजार १ सय १, बेलायतमा ४६ हजार २ सय ८६ , मेक्सीकोमा ४७ हजार ७ सय ४६ , इटालीमा ३५ हजार १ सय ५४ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ६ लाख ४२ हजार २ सय ५१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २० लाख ६२ हजार ८ सय ७६ , अमेरिकामा १४ लाख ६८ हजार ६ सय ८९, रुसमा ६ लाख ४८ हजार ९ सय ६१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २० हजार ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १४ हजार ६ सय ३ जना संक्रमणमुक्त भएका छन् भने ५७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १७ लाख ५० हजार ७ सय ३२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३७ हजार ३ सय ६४ पुगेको छ। भारतमा हालसम्म ११ लाख ४५ हजार ६ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७९ हजार ६ सय ९९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ४८ हजार ५ सय ७७ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय २८ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय १४ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ७ सय ४६ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार १ सय ५४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ३६ हजार ८ सय ३९ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ७ सय १० पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ८४ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ५ सय १० उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८९ छ।
माल्दिभ्समा संक्रमितको संख्या ४ हजार १ सय ६४ रहेको छ। मृत्यु हुनेको संख्या १८ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ६ सय ४३ पुगेको छ ।