काठमाडौं- सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा डा उप्रेतीलाई नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले स्वास्थ्यखबरलाई जानकारी दिए।
'स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको छ,' ती मन्त्रीले भने।
डा उप्रेती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव हुन्।