मुख्य समाचार

प्रधानमन्त्री भन्छन्– सरकारका कामले मात्र कोरोना नियन्त्रण हुँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम मात्र कोरोना नियन्त्रणमा पर्याप्त बताएका छन्। सरकारी निवास बालुवाटारमा राजनीतिक दलका नेता र जनस्वास्थ्यविद्‌सँग मंगलबार भएको परामर्श बैठकमा उनले यस्तो बताएका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले जनतामा चेतना बढाउन सकेमा कोरोनासँग लड्न सजिलो हुने बताए। उनले भने, 'कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनासँग लड्न त्यति सजिलो हुन्छ।'

उनले संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्ने बताए। 'यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध,' उनले भने, 'कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध। महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न।'

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्ने सुझाव दिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

देउवाले भने, 'लकडाउन गर्ने/नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ। तर, हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाइ गर्नुपर्योे। मुख छोपेर हिँड्ने बानी पार्नु पर्योा।'

छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु र जनस्वास्थ्यविद्‌ सहभागी छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने