काठमाडौं- तीन वटा नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नागढुंगा नाकाबाट १६, साँगा नाकाबाट १३ र फर्पिङ नाकाबाट ११ गरी ४० जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम जानकारी गराएका छन् ।
नागढुंगा नाकामा ६ हजार ६४, साँगा नाकाबाट ३ हजार ४ सय ८२ जना र फर्पिङ नाकाबाट १ हजार ३ सय ७ गरी १० हजार ८ सय ५३ जनाको नमुना परीक्षण गर्दा ४० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
मंगलबार देशभरिका विभिन्न प्रयोगशालबाट २ सय ५९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २१ हजार ९ सय पुगेको छ।