समाचार

मंगलबार ६५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घन्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

यो सहित नेपालमा हालसम्म १५ हजार २६ उपचारपछि निको भएका छन्।

भोजपुर,संखुवासभा, मनाङ, मुस्ताङ गरी ४ जिल्लामा संक्रमण शून्य भएको छ। 

त्यस्तै २४ घन्टामा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ। 

हाल १० हजार ४ सय ५२ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ५ हजार ९ सय २५ जना रहेका छन्। हालसम्म नेपालमा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– ८७५
प्रदेश २– ३१८४
बागमती प्रदेश– ५४३
गण्डकी प्रदेश– १३४३
प्रदेश ५– ४०७०
कर्णाली प्रदेश– १७३०
सुदूरपश्चिम प्रदेश– ३२७६

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने