काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ८४ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ८४ लाख ५८ हजार ६ सय ४६ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४७ लाख ६८ हजार ८३ पुगेको छ। त्यस्तै ब्राजिलमा २८ लाख १ हजार २१, भारतमा १८ लाख ५५ हजार ७ सय ४५ र रुसमा ८ लाख ५९ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ९८ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ९८ हजार २ सय ३२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५६ हजार ७ सय ५३, ब्राजिलमा ९५ हजार ८ सय १९, बेलायतमा ४६ हजार २ सय ९५ , मेक्सीकोमा ४८ हजार १२ , इटालीमा ३५ हजार १ सय ७१ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड १० लाख ४८ हजार ६ सय ४२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २१ लाख ४२ हजार ४ सय ६७ , अमेरिकामा १५ लाख २८ हजार ९ सय ७९, रुसमा ६ लाख ६० हजार २ सय ३५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ हजार २६ जना संक्रमणमुक्त भएका छन् भने ५८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७ सय ४५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३८ हजार ९ सय ३८ पुगेको छ। भारतमा हालसम्म १२ लाख ३० हजार ५ सय ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८० हजार ४ हजार ६१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ४९ हजार ३ सय ९७ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ३४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय २४ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार २० पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार २ सय ३४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ३९ हजार ८ सय ६० छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ७ सय ८२ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ८८ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ६ सय ६९ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९० छ।
माल्दिभ्समा संक्रमितको संख्या ४ हजार ४ सय ४६ रहेको छ। मृत्यु हुनेको संख्या १९ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ६ सय ९३ पुगेको छ ।