काठमाडौं- काठमाडौं उपत्यकासहित २०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ।
बुधबार गृह मन्त्रालयले उपत्यका बिहीबारबाट नै जोरबिजोर प्रणाली लागू गर्न निर्देशन दिइएको जानकारी दिएको हो।
उपत्यकाका साथै अन्य जिल्लामा भने २ सय भन्दा कोरोना संक्रमित भएका जिल्लामा समेत जोरबिजोर प्रणाली लागू गर्न मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराएको छ।
२ सय भन्दा बढी संक्रिय संक्रमित रहेका जिल्लामा काठमाडौं उपत्यकासहित कैलाली, पर्सा, रौतहट र महोत्तरी हुन्।
