काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ८७ लाख नाघेको छ। बिहिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ८७ लाख १० हजार ६ सय ६८ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४८ लाख १८ हजार ३ सय २८ पुगेको छ। त्यस्तै ब्राजिलमा २८ लाख ५९ हजार ७३, भारतमा १९ लाख ८ हजार २ सय ५४ र रुसमा ८ लाख ६४ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ४ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ४ हजार ८ सय ६२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५७ हजार ९ सय ३०, ब्राजिलमा ९७ हजार २ सय ५६, बेलायतमा ४६ हजार २ सय ९५ , मेक्सीकोमा ४८ हजार ८ सय ६९ , इटालीमा ३५ हजार १ सय ८१ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड १२ लाख ८४ हजार ७ सय ३३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २१ लाख ८४ हजार ७ सय ३३ , अमेरिकामा १५ लाख ७६ हजार ४ सय २५, रुसमा ६ लाख ६७ हजार ७ सय ६९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २१ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ हजार १ सय ५६ जना संक्रमणमुक्त भएका छन् भने ६३ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३९ हजार ७ सय ९५ पुगेको छ। भारतमा हालसम्म १२ लाख ८२ हजार २ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८१ हजार १सय ३६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ५४ हजार २ सय ८६ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ३९ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय ३७ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ७४ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार २ सय ६७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ४१ हजार ७ सय ५० छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ८ सय २९ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ७ सय ४२ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९३ छ।
माल्दिभ्समा संक्रमितको संख्या ४ हजार ५ सय ९४ रहेको छ। मृत्यु हुनेको संख्या १९ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ७ सय ३ पुगेको छ ।