सिरहा- सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार (आज)देखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो।
नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए। नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ।
यसैबीच कोरोना संक्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती संक्रमणलाई जित्न सफल भएका छन्। होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जितेका हुन्।