काठमाडौं- गण्डकी प्रदेशमा हालसम्म १ हजार ५ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रदेश अन्तर्गतका ११ जिल्ला सबैमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गण्डकी प्रदेशमा संक्रमित भएकामध्ये हालसम्म १ हजार ३ सय ८३ जना निको भइसकेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १८८ जना सक्रिय संक्रमित उपचाररत छन्। प्रदेशमा अहिलेसम्म ४ जना संक्रमितको मृत्यु भएको छ।
प्रदेशमा हाल १ हजार ११ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रदेश अन्तर्गतका ११ जिल्लामा सबैभन्दा बढी नवलपरासी पूर्वमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। नवलपरासी पूर्वमा बिहीबार साँझसम्म ३२७ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३०५ जना निको भएका छन् भने २२ जना उपचाररत छन्।
स्याङ्जामा २८२ जनामा कोरोना संक्रमण देखिएकोमा २०१ जना निको भएका छन् भने ७९ जना उपचाररत छन्। स्याङ्जामा २ जना संक्रमितको मृत्यु भएको छ।
बाग्लुङमा २४८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये २३६ जना निको भएका छन् भने ११ जना उपचाररत छन्। बाग्लुङका १ जना संक्रमितको मृत्यु भएको छ।
तनहुँमा १८४ जनामा कोरोना संक्रमण भेटिएको छ। जसमध्ये १७२ जना निको भएका छन् भने १२ जना उपचाररत छन्।
कास्कीमा १६० जनामा कोरोना पोजिटिभ देखिएकोमा १२५ जना निको भइसकेका छन् भने ३५ जना उपचाररत छन्।
गोरखामा ११३ जनामा संक्रमण देखिएकोमा १०५ जना निको भएका छन्। जिल्लामा ७ जना उपचाररत छन् भने १ जनाको मृत्यु भएको छ।
लमजुङमा १११ जनामा संक्रमण देखिएकोमा ९९ जना निको भएका छन् भने १२ जना उपचाररत छन्।
पर्वतमा १०१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ९७ जना नकिो भएका छन् भने ४ जना उपचाररत छन्।
म्याग्दीमा ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ४१ जना निको भएका छन् भने ६ जना उपचाररत छन्।
मुस्ताङ र मनाङमा १÷१ जना संक्रमित भेटिएका थिए। उनीहरु निको भइसकेका छन्।