काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ९० लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ९० लाख २१ हजार ९ सय २२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४८ लाख ७७ हजार १ सय १५ पुगेको छ। त्यस्तै ब्राजिलमा २९ लाख १२ हजार २ सय १२, भारतमा १९ लाख ६४ हजार ५ सय ३६ र रुसमा ८ लाख ७० हजार १ सय ८७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख १२ हजार ४ सय ७६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५९ हजार ९ सय ९०, ब्राजिलमा ९८ हजार ४ सय ९३, बेलायतमा ४६ हजार ४ सय ९८, मेक्सीकोमा ४९ हजार ६ सय ९८, इटालीमा ३५ हजार १ सय ८७ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड १४ लाख ७८ हजार ८ सय ३५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २२ लाख ३० हजार ५ सय ४२ , अमेरिकामा १५ लाख ९८ हजार ६ सय २४, रुसमा ६ लाख ७५ हजार ६९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ हजार ३ सय ८१ जना संक्रमणमुक्त भएका छन् भने ६५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १९ लाख ६४ हजार ५ सय ३६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४० हजार ६ सय ९९ पुगेको छ। भारतमा हालसम्म १३ लाख २८ हजार ३ सय ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८१ हजार ८ सय ६३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ५६ हजार ५८ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ३९ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय ४१ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार ६ सय ५१ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ३ सय ६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ४३ हजार ८ सय २४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ८ सय ९६ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ९८ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ८ सय ४० उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९३ छ।
माल्दिभ्समा संक्रमितको संख्या ४ हजार ६ सय ८० रहेको छ। मृत्यु हुनेको संख्या १९ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ७ सय २५ पुगेको छ ।