काठमाडौं- गण्डकी प्रदेशमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्की जिल्लाका ८ जना नयाँ संक्रमित थपिएका हुन्।
संक्रमितलाई आइसोलेसन लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८ सय ८७ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या १ हजार ३ सय ८३ पुगेका छ।