काठमाडौं– पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सहित नेपालमा हालसम्म १५ हजार ८ सय १४ उपचारपछि निको भएका छन्।
खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ ,रुकुम पश्चिम गरि ६ जिल्लामा संक्रमित शून्य भएका छन् ।
त्यस्तै २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको छ।
हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ६ हजार ३ सय ३० जना रहेका छन् ।
हालसम्म नेपालमा ७० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।