काठमाडौं - गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ५६, ललितपुर र भक्तपुरका ३÷३ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा काठमाडौंका ५ र ललितपुरका ३, वीर अस्पतालमा काठमाडौंका १, त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याबमा काठमाडौंका २, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३ र काठमाडौंका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
शनिबार थपिएका सहित काठमाडौंमा संक्रमितको संख्या ८२२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ पुगेको छ। हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा जम्मा १ हजार ४४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।