काठमाडौं- काठमाडौं उपत्याकामा कोरोना संक्रमितको संख्या एक हजारभन्दा माथि पुगेको छ। शनिबार थपिएका ६२ जना संक्रमित सहित उपत्यकाका तीन जिलल्लामा संक्रमितको संख्या १ हजार ४४ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौं जिल्लामा ८२२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ५९८ पुरुष र २२४ महिला, ललितपुरमा ९२ पुरुषा र ४५ महिला, भक्तपुरमा ५१ पुरुष र ३४ महिलामा कोरोना संक्रमण देखिएको छ।
शनिबार काठमाडौंमा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ जना कोरोना संक्रमित थपिएका हुन्।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा काठमाडौंका ५ र ललितपुरका ३, वीर अस्पतालमा काठमाडौंका १, त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याबमा काठमाडौंका २, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३ र काठमाडौंका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।