मुख्य समाचार

देशभर २२ हजार ५९२ संक्रमित, शनिबार कुन जिल्लामा कति भेटिए?

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। गत २४ घण्टामा मात्र ३ सय ७८ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा महोत्तरीका २ र सुनसरीका १०, कोशी अस्पताल प्रयोगशाला विराटनगरमा मोरङका २२ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २६, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा सप्तरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १६, महोत्तरीका १४ र सर्लाहीका ३२ जनामा कोरोना पाइएको छ। 

नारायणी अस्पताल वीरगञ्जमा बाराका २ र पर्साका ५३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा कोरोना भेटिनेमा भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका २, पर्सा र सर्लाहीका १/१, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका ४, मकवापनुरका ६, रौतहट र सर्लाहीका ३/३, र सिन्धुलीका १ जना छन्। 

धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोकका ७ र रामेछापका ४, पाटन अस्पताल ललितपुरमा बारा र धादिङका १/१, धनुषाका २, काठमाडौंका ५, सिन्धुलीका १ र ललितपुरका ३, वीर अस्पताल काठमाडौंमा धनुषा र दोलखाका २/२, काठमाडौं, महोत्तरी, नुवाकोट, रामेछाप र रौतहटका १/१ जनामा कोरोना भेटिएको छ। 

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा धादिङ र काठमाडौंका १/१, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याब काठमाडौंमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ।

नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३, कञ्चनपुरका १, काठमाडौंका २, मोरङ र पर्साका १/१, बागलुङका १३, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा कास्कीका ३, म्याग्दीका १ र स्याङजाका ७ जनामा कोरोना भेटिएको छ। 

मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ४९, रुकुम पश्चिम र बर्दियाका १/१, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका ३, चौर जहारी पिसिआर नगरपालिका प्रयोगशालामा जाजरकोटका १ जनामा कोरोना पाइएको छ। 

डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका ३, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका ४ र कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। 

कोरोनाको आशंकामा गत २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ४ लाख ३५ हजार २ सय ८९ जना पुगेको छ। 

कुल संक्रमितमध्ये ६ हजार २ सय ६ जना संक्रिय संक्रमित रहेका छन्। मुलुकभर १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने