समाचार

अभिनेता अभिषेक बच्चन कोरोना संक्रमणमुक्त

नयाँ दिल्ली- भारतीय अभिनेता अभिषेक बच्चन कोरोना संक्रमण मुक्त भएका छन्। अभिषेककाे शनिबार गरिएकाे काेराेना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएकाे हाे।

उनले ट्विट गर्दै यसबारे जानकारी गराएका हुन्। उनले उपचाररत नानावती अस्पतालका डाक्टर र नर्सलाई धन्यवाद दिएका छन्।

यसअघि काेराेना संक्रमण देखिएपछि उनका पिता अमिताभ बच्चनकाे पनि यही अस्पतालमा उपचार भएकाे थियाे। अमिताभ निकाे भएर केही दिनअघि डिस्चार्ज भइसकेका छन्। 

यसअघि बच्चन परिवारमा ऐश्वर्या राय बच्चन र उनकी छाेरी आराध्या बच्चन पनि निकाे भइसकेका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने