काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। गत २४ घण्टामा मात्र ३ सय ८० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ३, कोशी अस्पताल विराटनगरमा सिरहाका ४ र मोरङका २८ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला÷पशुपछी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा झापाका ४ र सुनसरीका ३, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १५ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला जनकपुरधाममा धनुषाका ३५, महोत्तरीका १५, रौतहटका १, सप्तरी र सर्लाहीका २÷२ र सिन्धुलीका १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा नारायणी अस्पताल वीरगञ्जमा बाराका ३, सर्लाहीका १ र पर्साका ७१, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४४, ललितपुरका १ र नुवाकोटका ३ जनामा कोरोना भेटिएको छ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धनुषाका १ र काठमाडौंका १८, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा चितनवका ७ र नवलपरासी पूर्वका १, पाटन अस्पताल ललितपुरमा काठमाडौंका ५ र धनुषाका १ जनामा कोरोना पुष्टि भएको छ।
वीर अस्पताल काठमाडौंमा बारा, रामेछाप र सिन्धुपाल्चोकमा १/१, स्टार अस्पताल सानेपामा काठमाडौंका १३, ललितपुर र सर्लाहीका १÷१, ह्याम्स अस्पतालमा काठमाडौंका ८ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
नेपाल कोरियामैत्री अस्पतालमा धादिङ, काठमाडौं र नवलपरासी पूर्वका १/१ र पर्साका २, श्री वीरेन्द्र अस्पतालमा काठमाडौंका १, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा पर्वतका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पा र नवलपरासी पूर्वका १/१, कपिलवस्तुका ६ र रुपन्देहीका ५ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा भेरी अस्पताल नेपालगञ्जमा बाँकेका २१ र बर्दियाका २, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका ११, नवलपरासी पूर्वका १ र रुपन्देहीका ५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ४ जना रहेका छन्।
मन्त्रालयका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ र सुर्खेतका २, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका २, बैतडीका १ र डडेल्धुराका ३, डडेल्धुरा अस्पतालमा डोटीका ८ जनामा कोरोना भेटिएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ५ सय १५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या ४ लाख ४३ हजार ६ सय ४ पुगेको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये ६ हजार ५ सय ४४ संक्रिय संक्रमित छन्। मन्त्रालयले हाल ११ हजार ३८ जनालाई क्वारेन्टाइनमा राखेको छ।