काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ९७ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ९७ लाख ७८ हजार ५ सय ६६ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५० लाख ४४ हजार ४ सय ३५ पुगेको छ। त्यस्तै ब्राजिलमा ३० लाख ३५ हजार ४ सय २२, भारतमा २१ लाख ५३ हजार १० र रुसमा ८ लाख ८५ हजार ७ सय १८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख २९ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख २९ हजार ६ सय ९२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ६२ हजार ९ सय १९, ब्राजिलमा १ लाख १ हजार ४९, बेलायतमा ४६ हजार ६ सय ५९ , मेक्सीकोमा ५२ हजार २सय ९८ , इटालीमा ३५ हजार २ सय ५जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड २० लाख ३८ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २३ लाख ४९ हजार २ सय ८०, अमेरिकामा १६ लाख ५६ हजार ८ सय ६४, रुसमा ६ लाख ९२ हजार ५९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २२ हजार ९ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् भने ७५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २१ लाख ५३ हजार १० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४३ हजार ३ सय ७९ पुगेको छ। भारतमा हालसम्म १४ लाख ८० हजार ८ सय ८४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८४ हजार १ सय २१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ८२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६० हजार २ सय ४८ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ४४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय ७९ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ६ सय पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ४८ हजार ३ सय ७० छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ५४ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय १२ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ९ सय ६० उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९६ छ।
माल्दिभ्समा संक्रमितको संख्या ५ हजार ४१ रहेको छ। मृत्यु हुनेको संख्या १९ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ८ सय ४ पुगेको छ।