काठमाडौं- नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं, कलंकीका एक ६४ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या आएपछि असार ३१ गतेदेखि उनी भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहेको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले बताए। उनका अनुसार ती पुरुषलाई निमोनिया भएको थियो।
उनी मधुमेहका रोगी समेत रहेको कार्यालयले जनाएको छ।
.jpg)