काठमाडौं- कर्णाली प्रदेशमा २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
वीरेन्द्रनगर सुर्खेत, बलगाडा कुपिन्डेसल्यान, भैरवी दैलेख, नारायण दैलेखमा गरिएकोे परीक्षणमा ६ जना महिला र १८ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ।
संक्रमित हुनेमा सुर्खेतका १, सल्यानका ६, दैलेखमा १७ जना रहेका छन्। योसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ३ पुगेको छ।
निको भएर घर फर्किने संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ। कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा ६ जना निको भएर घर फर्किएका छन् भने १ सय १७ जना उपचाररत छन्।