काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।
ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले अस्पतालका स्टोर किपरललाई संक्रमण देखिएको बताए।
उनले भने, ‘उहाँसँग प्रशासनतर्फका कर्मचारी बढी सम्पर्क हुनुभएकाले मसहित प्रशासनका कर्मचारी क्वारेन्टाइनमा बस्न आइसकेका छौँ। अहिलेसम्म कसैलाई लक्षण देखिएको छैन। सबैको पिसिआर परीक्षण हुन्छ।’
ट्रमा सेन्टरले क्वारेन्टाइनका लागि कान्तिपथस्थित एक होटलमा बस्ने व्यवस्था मिलाएको बताइएको छ।