काठमाडौं- २४ घण्टामा थप १ सय ४० जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपालमा हालसम्म १६ हजार ४ सय ९३ उपचारपछि निको भएका छन्। धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा संक्रमित शून्य भएका छन् ।
त्यस्तै २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।
हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ६ हजार ७ सय ३८ जना रहेका छन्। हालसम्म नेपालमा ७९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– ९४७
प्रदेश २– ३३५७
बागमती प्रदेश– ६०३
गण्डकी प्रदेश– १४६५
प्रदेश ५– ४१८१
कर्णली प्रदेश– १९००
सुदूरपश्चिम प्रदेश– ४०४०