काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ। गत २४ घण्टामा ३ सय ३८ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १, खोटाङका २ र मोरङका १४ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला जनकपुरधाममा धुनषाका १३ र महोत्तरीका ३, नारायणी अस्पताल वीरगञ्जमा बाराका १ र पर्साका २१ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका १२, ललितपुरका १, नुवाकोटका ३, रौतहटका १९, सर्लाहीका २१ र सिन्धुपाल्चोकका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मोरङका १ र काठमाडौंका ६ जनामा कोरोना पुष्टि भएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बाराका २, मकवानपुरका २३, नुवाकोटका १, रौतहटका १२ र सिन्धुलीका ६ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
यस्तै, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा अछाम, अर्घाखाँची, बागलुङ, बाँके, बर्दिया, भक्तपुर, चितवन र दाङमा १÷१, गोरखाका ३, कपिलवस्तुका १, काठमाडौंका ८, ललितपुर, पाल्पा र रामेछापका १÷१ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा स्टार अस्पताल प्रयोगशाला सानेपाका भक्तपुरका ३, काठमाडौंका ८, ललितपुरका २ र पर्साका १, बिध ल्याब र ह्याम्स अस्पतालमा काठमाडौंका १÷१ जना रहेका छन्।
मन्त्रालयका अनुसार प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा÷प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका २, पर्वत र स्याङजाका १÷१, तनहुँ र नवलपरासी पूर्वका २÷२ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा प्यूठानका १५, रुपन्देहीका १ र कपिलवस्तुका १०, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ६२, बर्दियाका १, दाङका ४, कैलालीका २ र सल्यानका १ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रोल्पाका १, सुर्खेत प्रादेशिक अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सल्यानका ६, र सुर्खेतका १, दैलेख आरटी पिसिआर प्रयोगशालामा दैलेखका १७ जनामा कोरोना भेटिएको छ।
डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका १, सेती प्रादेशिक अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा बझाङका १ र कैलालीका ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या ४ लाख ५२ हजार २ सय ३६ पुगेको छ।
कुल संक्रमितमध्ये मुलुकभर ६ हजार ७ सय ३८ जना संक्रिय संक्रमित छन्। मुलुकभर हाल १० हजार ७ सय ५९ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।