नेपालगन्ज- भेरी अस्पताल प्रयाेगशाला नेपालन्जमा गरिएको नमुना परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका अनुसार गत २४ घण्टामा गरिएको ४८० जनाको परीक्षणमा बाँकेका २६, नेपाली सेनाको फिल्ड एम्बुलेन्सबाट संकलित नमुनामध्ये २८ जना, दाङकै अन्य ३ जना र अछामका १ जनामा कोरोना संक्रमण देखिएको हो।
भेरी अस्पतालमा गरिएको २५ ट सय ८० नमुनामध्ये हालसम्म एक हजार एक सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।