काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको छ।
प्रतिष्ठानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपिडी सेवा पूर्ण रुपमा बन्द गरेको जनाएको छ।
अस्पतालका सहायक निर्देशक डा विकास साहले स्थानीय सरकारले कोरोना संक्रमण फैलिरहेकोले ७ दिनका लागि सम्पूर्ण सेवा बन्द गरेकाले प्रतिष्ठानले साउन २८ गतेबाट सेवा बन्द गर्ने निर्णय गरेको जनाएका छन्।