काठमाडौं- कास्कीमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी थप दुई जनामा कोरोना देखिएको पुष्टि गरेको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका दुई जनामा कोरोना भेटिएको हो।
पोखरा महानगरपालिका वडा नं ६ र २३ वर्षीय र १६ का ५४ वर्षीय पुरुषमा कोरोना भेटिएको स्वास्थ्य निदेशनालयले जनाएको छ। उनीहरु दुवैलाई आइसोलेसन कक्षमा राखिसकिएको छ।