काठमाडौं– कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पशुपन्छी रोग प्रयोगशाला सुर्खेतमा परीक्षण गर्दा १९, दैलेख अस्पताल प्रयोगशालमा परीक्षण गर्दा ४ जना गरी २३ जना संक्रमित भेटिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
योसँगै कर्णली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ३४ पुगेको छ।
सुर्खेत३१, दैलेख ४१, जाजरकोट ६, सल्यान १०, रुकुम पश्चिम २, जुम्ला ८, कालिकोटमा ५, मुगु २, गरी १ सय ५ जना आइसोलेसन सेन्टरमा रहेका छन ।
२४ घण्टामा ३ जना निको भएर घर फर्किएका छन् यो सँगै डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९४ पुगेको छ।