काठमाडौं- देशभरि कोरोना संक्रमितको उपचारको निमित्त ९ सय ४२ आइसियु र ४ सय ९६ भेन्टिलेटर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिमा मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी आइसियु र भेन्टिलेटर बगमती प्रदेशमा रहेका छन्। बाग्मती प्रदेशमा ६ सय ३० आइसियु र ३ सय ६१ भेन्टिलेटर रहेका छन्।
त्यस्तै गण्डकी प्रदेशमा १ सय ३७ आइसियु र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४५ आइसियु र १७ भेन्टिलेटर, प्रदेश १ मा ४३ आइसियु र १९ भेन्टिलेटर, कर्णाली प्रदेशमा ४० आइसियु र १७ भेन्टिलेटर, प्रदेश ५ मा २९ आइसियु र १३ भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा १८ आइसियु र १० भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ।