काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ७ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ७ लाख ६४ हजार २ सय २० जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५२ लाख ४८ हजार १ सय ७२ पुगेको छ। त्यस्तै ब्राजिलमा ३१ लाख ६४ हजार ७ सय ८५, भारतमा २३ लाख ९६ हजार ६ सय ३७ र रुसमा ९ लाख ५ हजार ६२जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ५२ हजार ८ सय ९३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ६७ हजार ९२, ब्राजिलमा १ लाख ४ हजार २ सय १, मेक्सीकोमा ५५ हजार २ सय ९३ , इटालीमा ३५ हजार २ सय ३१ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड २९ लाख २३ हजार ३ सय ५२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २५ लाख २० हजार १ सय ८२ , अमेरिकामा १७ लाख ७४ हजार ६ सय ४८, रुसमा ७ लाख १४ हजार ९ सय ३४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २४ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ हजार ८ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने ९५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २३ लाख ९६ हजार ६ सय ३७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४७ हजार ३३ पुगेको छ। भारतमा हालसम्म १६ लाख ९५ हजार ९ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८६ हजार ६ सय ७४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय ३९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६४ हजार ६० जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ८२ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६ सय ४६ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय १५ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ५४ हजार ८ सय ७१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ४ सय २४ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ भने २६ हजार ७ सय १४ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १२८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०० छ।
माल्दिभ्समा संक्रमितको संख्या ५ हजार ४ सय ९४ रहेको छ। मृत्यु हुनेको संख्या २१ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ९ सय २० पुगेको छ।