तस्बिर सौजन्य : पंकज शर्मा
झापा- मेची अञ्चल अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भएका छन्। साउन १९ गतेदेखि मेची अञ्चल अस्पतालमा उपचाररत २२ जना कोरोना सक्रमितमध्ये आज नेगेटिभ नतिजा आएकाहरु घर फर्किएका छन्।
डिस्चार्ज हुने १७ जनामध्ये १ महिला र अन्य पुरुष रहेका छन्। मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर, डाक्टर गोबिन्द कँडेलको टिमले फूलगुच्छा, अबिर र निरोगिताको प्रमाणपत्र दिएर उनीहरुलाई बिदा गरेका थिए।
डिस्चार्ज हुनेमा अर्जुनधारा नगरपालिकाका २ जना, भद्रपुरका १ जना, बिर्तामोड १, दमक २, गौरिगञ्ज गापाका २, कचनकबल गापाका ३, मेचिनगरपालिकाका ३ र सूर्योदय नगरपालिका इलामका ३ जना रहेका छन्। अस्पतालमा अझै ५ जना उपचारको क्रममा रहेका र रिपोर्ट नेगेटिभ आउनासाथ बिदा गरिने डा गोविन्द कँडेलले बताए।