काठमाडौं- भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा ६ जना नयाँ कोरोना संक्रमित संक्रमित थपिएका छन्।
१०० जनाको नमुना परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण थपिएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्।
संक्रमित हुनेमा भरतपुर ७ का ५ महिला र १ पुरुष रहेका छन्।