काठमाडौं - महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ। यसअघि बिहान चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो।
एक चिकित्सक र ७ जना नर्समा कोरोना संक्रमण भेटिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा सन्त कुमार दासले बताए यो सँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ।
यसअघि बुधबार मात्र इमरजेन्सीका ४ जना नर्सिङ स्टाफ र दुई जना चिकित्सक सहित ६ जनामा कोरोना भेटिएको थियो।
इमरजेन्सी विभागका एक सय बढी स्वास्थ्यकर्मीको बुधबार कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। उनीहरुको शनिबारसम्म आउने उनले जानकारी दिए।
इमरजेन्सी विभागका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभाग बन्द छ। इमजरेन्सी विभाग बन्द रहेपनि अन्य ओपिडी र ओटी सेवा भने सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।