काठमाडौं– पछिल्लो २४ घन्टामा थप २ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा हालसम्म १७ हजार ७७ जना उपचारपछि निको भएका छन्। संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा गरी ४ जिल्लामा संक्रमित शून्य छन्।
शुक्रबार ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार १४ हजार ६ सय ३८ जना क्वारेन्टाइनमा छन्। हालसम्म नेपालमा ९९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– १०७१
प्रदेश २– ३४९७
बागमती प्रदेश– ६३८
गण्डकी प्रदेश– १५१२
प्रदेश ५– ४२७९
कर्णाली प्रदेश– १९२४
सुदूरपश्चिम प्रदेश– ४१५६