काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड १० लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड १० लाख ७० हजार ८ सय ४२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५३ लाख ९ हजार १ सय ६४ पुगेको छ। त्यस्तै ब्राजिलमा ३२ लाख २६ हजार ४ सय ४३, भारतमा २४ लाख ६१ हजार १ सय १९ र रुसमा ९ लाख १० हजार ७ सय ७८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ६३ हजार नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ६३ हजार ७० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ६८ हजार ३ सय ९६, ब्राजिलमा १ लाख ५ हजार ४ सय ९०, मेक्सीकोमा ५५ हजार ९ सय ८ ,बेलायतमा ४६ हजार ७ सय ९१ , इटालीमा ३५ हजार २ सय ३४ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ३१ लाख ९९ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २६ लाख १६ हजार ९ सय ८१ , अमेरिकामा १७ लाख ९६ हजार ३ सय २६, रुसमा ७ लाख २१ हजार ४ सय ७३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २५ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ हजार ७७ जना संक्रमणमुक्त भएका छन् भने ९९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २४ लाख ६१ हजार १ सय ९० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४८ हजार ४० पुगेको छ। भारतमा हालसम्म १७ लाख ५१ हजार ५ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८७ हजार ३ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय ५३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६५ हजार २ सय १५ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ८६ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६ सय ५८ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ८१ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ५६ हजार ६ सय २३ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ४ सय ३१ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ भने २६ हजार ७ सय १४ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १३१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०० छ।
माल्दिभ्समा संक्रमितको संख्या ५ हजार ५ सय ७२ रहेको छ। मृत्यु हुनेको संख्या २२ छ भने उपचारपछि निको हुनेको संख्या ३ हजार १० पुगेको छ।