काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।
हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा छन्। देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन् भने ५ सय २३ जना होम आइसोलेसनमा छन्।