काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड १३ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड १३ लाख ७७ हजार ३ सय ६७ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५३ लाख ५९ हजार ४ सय ३२ पुगेको छ। त्यस्तै ब्राजिलमा ३३ लाख १७ हजार ९६ भारतमा २५ लाख २६ हजार १ सय ९२ र रुसमा ९ लाख १५ हजार ८ सय ८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ६९ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख ६९ हजार ६ सय ५० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ६९ हजार ४ सय ६३, ब्राजिलमा १ लाख ७ हजार २ सय ३२, मेक्सीकोमा ५६ हजार ५ सय ४३ ,बेलायतमा ४६ हजार ७ सय ९१ , इटालीमा ३५ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ३३ लाख ७१ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २६ लाख २२ हजार ८ सय ७८ , अमेरिकामा १८ लाख १८ हजार ५ सय २७, रुसमा ७ लाख २७ हजार ८ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २६ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् भने १ सय २ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २५ लाख २६ हजार १ सय ९२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४९ हजार ३६ पुगेको छ। भारतमा हालसम्म १८ लाख ८ हजार ९ सय ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८८ हजार ४७ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय ६२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६५ हजार ६ सय २४ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ९० रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६ सय ६६ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ५ सय २५ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ६ सय २५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ५७ हजार ६ सय ३५ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ५ सय ५१ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ७० जनाको मृत्यु भइसकेको छ भने २७ हजार १ सय ६६ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १३३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०२ छ।
माल्दिभ्समा संक्रमितको संख्या ५ हजार ६ सय ७९ रहेको छ। मृत्यु हुनेको संख्या २२ छ भने उपचारपछि निको हुनेको संख्या ३ हजार २ सय ८ पुगेको छ।