काठमाडौं- गण्डकी प्रदेशमा थप १० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
पोखरा स्वास्थ्य सवज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १ जना गरी १० जनामा आइतबार संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्र्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
संक्रमितमध्ये कास्कीका ५, तनहुँका ४ र पर्वतका १ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ७ सय १९ पुगेको छ।