काठमाडौं- नेपाल प्रहरी अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा कोरोना संक्रमण देखिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले दुई डिआइजीमा काेरोना संक्रमण देखिएको जानकारी दिए।
योसँगै नेपाल प्रहरीमा कोरोना संक्रमित हुने कर्मचारीको संख्या ६ सय २० पुगेको छ। उनीहरु मध्ये २४० जना उपचारपछि ठीक भएर ड्युटीमा फर्किइसकेको र ३ सय २० जनाको उपचार भइरहेको प्रवक्ता कडायतले बताए।
कोरोना भाइरस नियन्त्रणको गर्न लगाइएको लकडाउनको कार्यान्वयनमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीमा अहिले धमाधम संक्रमण देखिन थालेको छ।